×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालको नियम-कानुनमाथि धावा बोलेपछि गणपति इटा उद्योगका चिनियाँ लगानीकर्तालाई गरियो देशनिकाला !

  • अर्थ सरोकार सम्बाददाता
अध्यागमन विभागले चिनियाँ नागरिक चाङ सिङ्चोङलाई देश निकाला गर्ने निर्णय गरेको छ । नेपालको प्रचलित कानुनविपरित ‘ओभर स्टे’ गरेको भन्दै उनलाई देश निकाला गरिएको हो । नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा ५ वर्षदेखि संचालन भईरहेको गणपति ईट्टा उद्योगका चिनियाँ लगानीकर्तासमेत रहेका उनले नेपालको कानुन बमोजिम भिसाको म्याद थप नगरेपछि उनलाई अध्यागमन विभागले देश निकाला गर्ने निर्णय गरेको हो ।
अध्यागमन विभागले चाङ र उनकी श्रीमती वाङ साईसियुको भिसाको अवधि सन् २०२० जुलाई ९ तारिखसम्म मात्र दिएको थियो । तर जवर्जस्ती उनले नेपालमा ओभर स्टे गरेको प्रमाणित भएपछी उनलाई नेपाल छोडेर चीन फर्कनुपर्ने र एक बर्षसम्म नेपाल आउन नपाउने गरी देश निकाला गरिएको छ । विभागका यसअघिका महानिर्देशक रमेश कुमार के.सीले उनलाई देश निकाला गर्ने निर्णय गरेका हुन् ।
अध्यागमन ऐन, २०४९ अनुसार नेपाल सरकारले निष्कासन गरेको विदेशीले निष्कासन गरिएको अवधिसम्म नेपालभित्र पुनः प्रवेश गर्न पाउँदैन ।
ऐनको दफा १० को उपदफा (२) मा निष्काशन गरिएको विदेशी निष्काशन गरिएको अवधिमा पुनः प्रवेश गरेमा पहिलोपटक २५ हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद हुने प्रावधान छ । फेरि उल्लंघन गरेमा पटकैपिच्छे ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेशन ईन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए ।
विभागले गरेको निर्णयपछी चिनियाँ नागरिक सिङचोङले १४ करोड रुपैयाँको लगानीमा बर्दघाटमा पाँच वर्षदेखि चलाइरहेको इटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । उनकै कुबुद्धीका कारण अव उद्योग बन्द भएको खण्डमा करिब ५० जना कामदारको रोजगारी गुम्ने भएको छ भने उद्योगको लगानी र प्रविधि गुम्ने खतरा बढेको छ ।
‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग (एकल विन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन।’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्,‘अहिले सरुवा भएर आएका महानिर्देशक नारायण प्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाई हुन सकेको छैन ।

नेपाली साझेदार व्यक्ति सन्दिप अधिकारीसँग साझेदारीमा मिलेर चाङले उक्त ईट्टा उद्योग चलाएका हुन् । २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भएपछी उद्योगमा समस्या देखिएको थियो । चिनियाँ नागरिकले नेपालीलाई हेप्न खोज्ने कारण विवाद भएको तर्क नेपाली साझेदारहरुको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: