×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई लघुवित्तको सामाजिक कार्य : संक्रमित सदस्यलाई ४ लाख बराबरकाे आर्थिक सहयाेग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आईएमई लघुवित्तको सामाजिक कार्य : संक्रमित सदस्यलाई ४ लाख बराबरकाे आर्थिक सहयाेग

Artha Sarokar

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग गरेकाे हाे । यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजारबराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण गरेका छन् ।
संस्थामा हाल १ लाख २४ हजार ९४७ जना सदस्य रहेका छन भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार सुरु गरेको हो । हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी