×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero : सरकारले सफेद झुट बोल्यो ! ‘चीन सरकारले अनुदान दिएकै होइन, सिलिण्डर तातोपानी आएकै छैन’

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । आइतबार विहान राष्ट्रिय समाचार सम्तीले एउटा समाचार लेख्यो, जसको शीर्षक थियो-
‘१८ हजार सिलिन्डर आइपुगे नेपाल’
समाचार विवरणमा लेखिएको   थियो-
यो समाचार एकाएक अन्य मिडियाहरुले पनि साभार गरे । राष्ट्रिय समाचार समिति, अर्थात सरकारी समाचार एजेन्सी भएकाले उसको विश्वसनीयतामाथि प्रश्न उठाउने कुरै भएन । तर यसपाली राष्ट्रिय समाचार समितिले पनि झुटको खेती गरेको खुलासा भएको छ । राससको समाचार हेरेपछि तातोपानी नाका वरपर नै बस्ने अर्थ सरोकारका प्रतिनिधि नाकासम्म पुगे । तर नाकामा चीन सरकारले दिने भनिएको सिलिन्डर न आएको थियो, न आउने भनिएको सिलिन्डर सरकारले मागे अनुसार चीन सरकारले अनुदानमा नै दिएको थियो । सिलिन्डर आउने लागेको खबर सत्य थियो तर त्यो सामान सरकारले मागेर चीनले अनुदानमा दिएको सामान नभई व्यवसायिक प्रयोजनका लागि सिल्क ट्रान्सपोर्टमार्फत नेपाल आउंदै थियो । अर्थात व्यावसायीहरुले उक्त समान किनेर चीनबाट ल्याएका थिए ।
‘ सिलिन्डर नेपाल आउन लागेको खबरपछी हामी हिजोदेखि स्टेन्डबाइ छौं  ।’ तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले अर्थ सरोकारसँग भने, ‘तर बाहिर हल्ला चलेजस्तो अहिलेसम्म न सिलिन्डर आएको छ, न ति सिलिन्डरहरु चीन सरकारले दिएको हो । ती समान त सिल्क ट्रान्सपोर्टमार्फत व्यावसायिक प्रयोजनका लागि आउन लागेका सामान हुन् ।’
यता ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भने नाकामा नै सिलिन्डर आइसकेको बताएका थिए । फेसबुकमार्फत उनले तातोपानी नाकामा चीन सरकारले नेपाललाई हस्तान्तरण गर्नेसमेत बताएका थिए । तर यो सब प्रोपोगान्डामात्र भएको रहस्य बाहिर आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: