×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

PRIME CA

नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चले वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेको छ । मञ्चले दोस्रो चरणको कोरोना भाइरस (Covid-19) सँग जुध्न निकै चुनौतिपूर्ण रहेको अवस्थालाई मध्यनजर गर्दै एन.वाइ.इ.एफ. सदस्यहरुको संयुक्त पहल अन्तरगत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । 
साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो । नेपाली युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ.) एउटा गैर नाफामूखी संस्था हो । यसको स्थापना सन् २००३ मा भएको हो । 
यस संस्थाको मूख्य उद्देश्य यूवा उद्यमीहरुबीच विचारको आदान प्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ । हाल एन.वाइ.इ.एफ.को एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६ सय भन्दा बढी सदस्यहरु यस संस्थामा आवद्ध छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: