×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्रद्धारा अक्सिजन खरिदका लागि ९ लाख सहयोग

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले ९ लाख सहयोग गरेको छ । अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी ९ लाख सहयोग गरेको हो । केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पतालमा उपचार हुने कोभिड-१९ का बिरामीको उपचारमा सघाउ पुर्याउने उद्देश्यले सिलिण्डर खरिद गर्न रकम सहयोग गरेको जनकारी दिनुभयो ।
अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भन्दै हालसम्म दाताका कारण खासै अक्सिजनको अभाव सिर्जना नभएको अस्पतालको दाबी छ । हेटौँडा अस्पताललाई नेपाल जेसिज केन्द्रीय कार्यालयले १०१ वटा सिलिण्डर अक्सिजन सहयोग गरेको छ । जेसीआई हेटौँडाको पहलमा नेपाल जेसिजमार्फत अक्सिजन सहयोग गरिएको नेपाल जेसिज वर्ष अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: