
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा-४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण सुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो । यस वर्षदेखि भवन निमार्ण सुरु गरिएको भए पनि ५ करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ ।
बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ । आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण सुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्