×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालय बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंककसँग बिग मर्जरमा जाने सम्झौता गरेको बैंकले जेठबाट लागू हुनेगरी निक्षेप र कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 
बैंकले निक्षेपमा २ देखि ७.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ भने कर्जाको ब्याजदर आधार दरमा ३.७५ प्रतिशत देखि ५ प्रतिशतसम्म छ । बैंकको आधार दर ६.७५ प्रतिशत रहेको छ ।ओभरड्राफ्ट कर्जाको ब्याजदर आधार दरमा ५ प्रतिशत बढी छ ।
यस्तै टर्म लोन र डिमान्ड लोनको ब्याजदर पनि आधार दरमा थप ५ प्रतिशत छ । घरजग्गा कर्जा ७ वर्षसम्मका लागि ९.९९ प्रतिशत र त्योभन्दा माथिका लागि आधार दरमा थप ५ प्रतिशत रहेको छ । त्यस्तै शैक्षिक कर्जा र किसान कर्जा पनि आधार दरमा ५ प्रतिशत थप छ । बैंकले मुद्दति निक्षेपमा ४ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: