NABIL AD
Civil Bank

हिमालयन डिस्टिलरीको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ३८ पैसा, खुद नाफा कति ? (विवरणसहित)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५३.८९% ले धेरै हो । गत वर्ष कम्पनीले ४३ करोड ७१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पुँजी ५०% ले बढेको कम्पनीको रिजर्भ कोष पनि १८.८६% ले बढेर ७६ करोड ८२ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५४ पैसा रहेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal