×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा ‘टाइट चेकिङ’ : नक्कली पास बोक्ने जो भएपनि ‘होल्डिङ जोन’मा… ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले काठमाडौंमा चेकिङ बढाएको छ । सडकमा सवारीसाधन र सर्वसाधारणको आवतजावत नघटेको भन्‍दै प्रशासनले आजदेखि थप कडाई गर्न निर्देशन दिएपछि प्रहरीले काठमाडौंमा चेकिङ बढाएको हो ।
पत्रकार, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुको हकमा बढी कडाइ गरिएको प्रहरीले जनाएको छ ।उपत्यकामा खटिएका पत्रकारहरुलाई सूचना विभागको परिचयपत्रको आधारमा छुट दिइएको छ । यस्तै नक्कली पास बोक्नेहरुलाई भने ‘होल्डिङ जोन’मा राखिएको छ ।
प्रहरीले निषेधाज्ञाको पालना नगर्ने पैदलयात्रीलाई रोकेर सम्झाइबुझाइ गरेर छाडिरहेको छ भने पासविना चलाइएका सवारीलाई नियन्त्रणमा लिईरहेको छ । कोरोना संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद्को बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ । बाँकी फोटोमा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: