×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५३ लाख हुन्डी कारोबारीसहित २ जना पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

५३ लाख हुन्डी कारोबारीसहित २ जना पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्साको वीरगञ्जबाट अवैध रकमसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले हुन्डीको ५३ लाखसहित बाराको प्रसौनी गाउँपालिका घर भएका शिव आनन्द गुप्ता र पर्साको बीरगञ्ज महानगरपालिका घर भएका प्रकाश जैसवाललाई पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विरगञ्ज महागरपालिका–८ मा डेरामा बस्ने २६ वर्षीय शिव आनन्दको डेराबाट २९ लाख ८० हजार अवैध हुन्डीको रकम बरामद गरेको छ । विरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई हुन्डी रकम बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट २४ लाख बरामद गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: