
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंककाे म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । फण्डले १ अर्ब रुपैयाँ बराबारकाे १० कराेड इकाई जारी गर्न बाेर्डबाट स्वीकृती पाएकाे हाे । जसअनुसार प्रति इकाई मूल्य १० रुपैयाँकाे दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने छ ।
एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । यस योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । यस योजनाको प्रमुख विषेशता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरी लगानी गरिने छ ।
यसमा लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ । सोही अनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोश्रो बजारमा सूचिकृत सम्पूर्ण समूह उपसमूहमा समावेस भएका कम्पनीहरुबाट समेत छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूह उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले एनआईसी एशिया सेलेक्ट–३० फण्डलाई इन्डेक्स फण्ड भनिएको हो ।
विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्याङ्गकन गरि ३० भन्दा बढी नहुने गरी कायम गरिनेछ ।
हाल एनआईसी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । उक्त योजनाको विशेषता भनेको धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुलाई स्माल क्याप, मिड क्याप र लार्ज क्याप गरि तीन वर्गमा विभाजन गरि उक्त वर्गहरुबाट उत्कृष्ट मानिएका कम्पनीहरु छनौट गरी लगानी गर्ने रहेको छ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्