×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जेठ १३ गतेसम्मका लागि बन्द भए बीमा कम्पनी, यस्तो छ कारण

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अब बीमा कम्पनीहरु बन्द हुने भएका छन् । आगामि जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द हुने भएका हुन् । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बैशाख २८ गते मंगलबार बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेको हो । हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका बीमा कम्पनीहरु बन्द हुने भएका हुन् ।
बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै बैंक तथा वित्तीय संस्थाहरुले भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने भएका छन् । काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत बैंकका शाखा कार्यालयहरु खुल्ला हुने भएको छ भने केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्न पाउने व्यवस्था मिलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: