×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२३ गतेदेखि प्लेन नचल्ने भएपछी मंगलबार हजारौंले देश छोडे, यस्तो देखियो विमानस्थल ! (भिडियो रिपोर्ट)

PRIME CA

२३ गतेदेखि प्लेन नचल्ने भएपछी मंगलबार हजारौंले देश छोडे, यस्तो देखियो विमानस्थल ! (भिडियो रिपोर्ट)

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो । 
आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ गते) बाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गते बाट रोकिदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् । 
कोरोनाको संक्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थप्ने तयारी सरकारको छ । काठमाडौं उपत्यकाबाहिर देशैभरी ४० बढी जिल्लामा निषेधाज्ञा जारी भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: