×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड : ४ आवेदकले पाए ११ कित्ता सेयर, यी साइटबाट रिजल्ट हेर्न सकिने !

  • अर्थ सरोकार सम्बाददाता 
काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलमा भर्चुअल माध्यमबाट कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको हो । २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनाले १–१ कित्ताका दर अर्थात् ११ कित्ता पाएका छन् । आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार ६२७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । ४ हजार ४४२ जना आवेदकको आवेदन भने अयोग्य ठहरिएको थियो । 
आइपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
कम्पनीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: