×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशीको आइपीओमा स्थानीय बासिन्दाले अनलाइनबाट पनि आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मध्य भोटेकोशीको आइपीओमा स्थानीय बासिन्दाले अनलाइनबाट पनि आवेदन दिन सक्ने

Artha Sarokar

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयलाई जारी गरेको आइपीओमा अनलाइनबाट पनि आवेदन दिन सकिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आयोजना प्रभावित स्थानीयले पनि अनलाइनबाट आवेदन दिन पाउने व्यवस्था मिलाएको हो । सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयले http://onlinedemat.globalimecapital.com/shareapply बाट अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
मध्य भोटेकोशीले मंगलबारदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । कम्पनीले कुल ६० लाख कित्ता आइपीओमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ । 
यस्तै ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको छ । १०० रुपैयाँमा यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी