×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्‍चालन गरिने, काठमाडौं महानगरले बजेटको व्यवस्था गर्ने (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्‍चालन गरिने, काठमाडौं महानगरले बजेटको व्यवस्था गर्ने (भिडियो)

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिन भित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गर्नुभएको छ । सुविधा सहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो ।
आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
यो आईसोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । केन्द्रको निरीक्षण पछि सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाएको र सोही अनुसार विरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रंसम्सनिय भएको बताउनुभयो ।
उहाँले यो केन्द्र संञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोललगायतका सहभागिता थियो । आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: