
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयर किन्नेले ५२% लाभांश सुरक्षित गर्न सक्नेछन् । वैशाख ३० गते वार्षिक साधारणसभा बोलाएको यस कम्पनीले बिहीबार बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट ४९.४०% बोनस सेयर र कर तिर्न २.६०% नगद लाभांश वितरण गर्दैछ । सभामा बोनस सेयरपछि वृद्धि हुने चुक्ता पुँजी बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । अधिकृत पुँजी १५ करोड रुपैयाँबाट बढाएर ५० करोड रुपैयाँ पुर्याइने एजेन्डा पनि छ । कम्पनीको सभा बुटवल उप महानगरपालिका, कालिकापथस्थित होटल न्यू इरामा बिहान ११ बजेदेखि हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्