×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विहानै जडिबुटीमा ३५ मिनेट जाम…! निमुखालाई मात्र घरभित्र थुन्ने यस्तो नाममात्रको लकडाउन के काम…? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइतबारबाट उपत्यकामा निषेधाज्ञामा थप कडाई गरिएको छ । १६ गतेदेखि जारी भएको निषेधाज्ञाको आज ४ दिन पुगेको छ । सुरु सुरुमा निषेधाज्ञा केहि खुकुलो भएपनि आज आइतबारबाट भने कडाई गरिएको छ । सवारीसाधनलाई प्रहरीले ठाउँठाउँमा चेक गरिरहेका छन् भने सवारीसाधनमा सवार व्यक्तिलाई परिचयपत्र हेरेर छाडिरहेका छन् । 
अत्यावश्यक सेवाबाहेकका सवारी तथा सवारीमा सवार व्यक्तिलाई प्रहरीले होल्ड गराइरहेका छन् । हिजो शनिबार भने काठमाडौँ उपत्यका सुनसान प्राय बनेको थियो तर आज आइतबार सडकमा सवारीको चाप बढेपछि जामको अवस्था सृजना भएको छ । यता सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु खुलेकाले निषेधाज्ञामा भीड बढेको निष्कर्ष निकालिएको थियो ।  सो क्षेत्रलाई अझै कडाइ गर्नुपर्ने जनाईको छ । 
काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदबिक्रीका लागि बिहान १० बजेसम्म पसल खोल्न दिएको छ भने बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ । जडिबुटी चोकमा आज देखिएको दृश्य हेर्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: