
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई डिस्चार्ज भएका छन् ।
बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उहाँलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।नर्भिकमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको थियो ।
यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार उनि डिस्चार्ज भएका हुन् । नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्