
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले झापाको कमल गाउँपालिका–७, गेउरियामा चैतेधान काट्दै गरेको किसानदेखि काठमाडौँको चोभारमा निमार्णाधीन रहेको सुक्खा वन्दरगाह क्षेत्रसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
झापाको कमल गाउँपालिका–७, गेउरियाका किसान चैतेधान काट्दै ।

काठमाडौँको चोभारमा निमार्णाधीन सुक्खा वन्दरगाह क्षेत्र । कोरोनाको कारण निर्माण कार्य ढिला भएको कामदार बताउँछन् ।

रामपुर नगरपालिका– ५, सानीअमराईका किसान गोडेको मकै बालीमा मल राख्दै ।

तनहुँको भिमाद नगरपालिका–३, बुडुवा खोलामा निर्माण भइरहेको पक्की पुलको ढलान गरिँदै । रु दुई करोड पाँच लाख ५७ हजारको लागतमा पुल निर्माणले गति लिएको छ ।

देवघाट गाउँपालिका–२, बैदी खानीभित्ता घरभई हाल व्यास नगरपालिका–१, चारकुनेमा भाडामा बस्दै आउनुभएका बोनम्यारो क्यान्सर पीडित दीपक मगरको पत्नी सजिनालाई सोमबार आर्थिक सहयोग गर्दै चारकुने टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ, समाजसेवी गिरीधरी सिग्देल, रामकृष्ण सापकोटालगायत । संस्थाले टोलका सबैबाट स्वेच्छिक रकम सङ्कलन गरी जम्मा भएको रु १० हजार ४० हस्तान्तरण गरेको हो ।

शे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित पौराणिक महत्वको सामये छोइलिङ गुम्बा । यहाँका अधिकांश मानिस पूजादेखि बिरामी भएमा लामासँग उपचारका लागि सहयोग माग्छन् ।

म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतमा नेपाली काँग्रेस म्याग्दीका सहसचिव भरत रकालले व्यावसायिक रुपमा टनेलभित्र गर्नु भएको गोलभेंडाखेती ।

तनहुँको व्यास नगरपालिका–३ अवस्थित उद्यान । सधैँ भीडभाड रहने यस उद्यान कोरोना कहरका कारण सुनसान छ ।

भक्तपुरको चागुनारायण नगरपालिकाको तामाङ कृषि तथा पोल्टी फर्ममा पालिएका हाँस ।

काठमाडौँ जिल्लाको दक्षिणी भेगमा अवस्थित फर्पिङ बजार । कोरोना महामारीका कारण फर्पिङ बजार क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।

फर्पिङका किसान बारीमा लगाएको काउली गेडमेल गर्दै।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्