×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रियंका कार्कीले ‘टिक्दैन’ भन्न खोज्दा जिब्रो चिप्लिएजस्तै अर्थमन्त्रीको पनि जिब्रो चिप्लियो, ‘आपूर्ति’ भन्नुपर्ने ठाउँमा…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रियंका कार्कीले ‘टिक्दैन’ भन्न खोज्दा जिब्रो चिप्लिएजस्तै अर्थमन्त्रीको पनि जिब्रो चिप्लियो, ‘आपूर्ति’ भन्नुपर्ने ठाउँमा…

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तपाईंलाई प्रियंका कार्कीको जिब्रो चिप्लिएर उनी ट्रोल को सिकार भएको त थाहा नै होला । धेरैले टिक्दैन भन्नुहुन्थ्यो भन्न खोज्दा टिक्दैन भन्दा जिब्रो चिप्लिएर अन्यथा हुँदा उनी ट्रोलको सिकार भएकी थिइन् । उनको सो भिडियो फेसबुक, टिकटक लगायतका सामाजिक संजालमा निकै भाइरल भएको थियो । यदी बजेट पनि कलाकारिताजस्तै गसिप र ग्ल्यामरको क्षेत्र थियो भने हिजो अर्थमन्त्री विष्णु पौडेलपनि भाइरल भईसक्थे । किनकि उनको पनि हिजो थुप्रै ठाउँमा जिब्रो चिप्लिएको थियो । अझ एक ठाउँमा त उनले आपूर्ति भन्नुपर्ने ठाउँमा जिब्रो चिप्लिदा अर्कै शब्द भनिदिए ।
हुन त उनको जिब्रो यसरी चिप्लिएर सार्है अश्लील शब्द सुनिने गरी कसैले थाहा नपाएको भने होइन । सामाजिक संजालमा कतिपयले अन्यथा सुनेको बारे लेखेका छन् । आपूर्ति व्यवस्था अन्तर्गत बजेटको भाग पढ्दा उनको जिब्रो अलि अर्कै अर्कै सुनिने गरी चिप्लिएको हो । हुन त यसरी उनको धेरै ठाउँमा जिब्रो चिप्लिएको छ । बजेट भाषणका क्रममा हेर्ने हो भने पचास बढी ठाउँमा उनले शब्द गलत पढेका छन् । कतिपय ठाउँमा उनले सो शब्द सच्याउन भ्याएका छन् भने कतिपय ठाउँमा छैन ।
अर्थ सरोकारले गरेको झन्डै २ घण्टा ४६ मिनेटको प्रत्यक्ष प्रशारणका क्रममा १ घण्टा १५ मिनेट ५४ सेकेन्ड वरपर उनको जिब्रो चिप्लिएर आपूर्ति हुनुपर्ने ठाउँमा अन्यथा भएको र त्यसलाई उनले पुन: सच्याएको सुन्न देखिन्छ । यति लामो भाषण पढेको बिरलै अनुभव भएका कारण पनि यसरी ठाउँ ठाउँमा उनको जिब्रो चिप्लिएको हो ।
https://arthasarokar.com/2021/05/budget-highlights.html
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: