×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छुट्टाछुट्टै स्थानमा तास खेल्ने १४ जना पक्राउ, साढे २ लाख नगद बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छुट्टाछुट्टै स्थानमा तास खेल्ने १४ जना पक्राउ, साढे २ लाख नगद बरामद

Artha Sarokar

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौँ  । विभिन्न ठाउँमा तास खेलिरहेका १४ जना जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीले छुट्टाछुट्टै स्थानमा छापा मार्दा उनीहरुका साथबाट नगद २ लाख ५२ हजार ७३५ रुपैयाँ र केही थान ताससहित पक्राउ गरेको हो ।
काठमाडौंको बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङसमेत ७ जनालाई पक्राउ गरिएकोहो । उनीहरुका साथबाट नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक ताससमेत बरामत भएको छ ।
यस्तै प्रहरीले कलंकीस्थित एडभेन्चर होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवनका सोही होटलका सञ्चालक ३२ बर्षीय कृष्ण अधिकारीसहित ७ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरिएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी