Skip to content
LAXMI SUNRISE BANK

साना लगानीकर्ता सचेत भए भनेर धितोपत्र बोर्ड आत्तियो, बैंक कहिले बढ्छ ? (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साना लगानीकर्ताको पक्षमा बोलेको भन्दै केशब कोइराला ‘काका’, निर्मल प्रधान लगायतका व्यक्तिहरुमाथि निकै नै व्यक्तिवादी भएर धितोपत्र बोर्डले विज्ञप्तिबाजी गरेको भन्दै काकाले सके आफुलाई पक्रेर लैजान चुनौती दिनुभएको छ । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले धितोपत्र बोर्ड ठुला लगानीकर्ताको पक्षमा लागेको भन्दै यो तथ्य निकै गम्भीर भएको बताउनुभएको छ ।
साना लगानीकर्ताहरु सचेत भए भनेर धितोपत्र बोर्ड निकै आत्तिएको बताउँदै काकाले आफु साना तथा नयाँ लगानीकर्ताका पक्षमा कुनै हालतमा बोल्न नछोड्ने पनि बताउनुभएको छ।साना तथा नयाँ लगानीकर्ताहरुका धेरै प्रश्नको जवाफ दिनुभएका काकाले आजको कार्यक्रममा बैंक कहिले बढ्छ ? बैंक किन बढेन ? लगायतका प्रश्नहरुको जवाफ पनि दिनुभएको छ । हेरौं कार्यक्रमको छैटौं भाग :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK