
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ सरोकार डटकमद्वारा प्रस्तुत हुने साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’का ‘काका’ अर्थात सेयर बजार विश्लेषक केशब कोइरालाले धितोपत्र बोर्डलाई हिम्मत भए आफुलाई पक्राउ गर्न चुनौती दिएका छन् । केहि कम्पनीका गलत कामविरुद्ध खरो उत्रिएका काकाको मुख कसरी थुन्ने भन्ने विषयमा धितोपत्र बोर्डका अधिकारीसम्म केहि ठुला सेयर खेलाडीहरु पुगेको चर्चा चलिरहेका बेला धितोपत्र बोर्डले एक विज्ञप्ति जारी गर्दै निश्चित सेयरका बारेमा नबोल्न निर्देशन गरिएको आशय सहितको विज्ञप्ति जारी गरेपछि यस्तो बताएका हुन्।
‘धितोपत्र बोर्डका केही हाकिम साबहरुका आशिर्वाद प्राप्त समुहले पत्रु कम्पनीको झुठो प्रचार गरेर ६ महिना अघि देखि लाखौं लगानी कर्ता डुबाउदा बोर्ड चुइक्क नबोल्ने, बत्ती नबलेको हाइड्रोको सस्थापकहरु सस्थापक सेयर बेचेर भाग्दा बोर्ड चुइक्क नबोल्ने,१००५ कम्पनीमा दैनिक इन्साईडर छ र पनि बोर्ड चुइक्क बोल्दैन निर्मल प्रधानले पत्रु कम्पनी बेचेर राम्रो कम्पनी किन भन्दा बोर्डको पारो तातेको हो ? भन्दै उनले बोर्डलाई प्रश्न गरेका छन् ।’ उनले लेखेका छन्, ‘धितोपत्र बोर्ड कोसेली खानमै रमाएको आरोप लगाउँदै उनले पहिलोपटक सत्य बोल्ने निर्मल प्रधान देखि डराएर विज्ञप्ती निकालेको अब डर चाहिँ सार्वजनिक रुपमा सत्य बोल्नेहरु सग लाग्न थालेको हो ? भनि प्रश्न गरेका छन् ।’
काकाले सक्छौ भने AHPC को झुठो डाटा देखाएर सेयर मूल्य उठाउने माफियाको गिरोह लाई पक्राउ गर १ हप्ताको अबधिमा AHPC कसले बेच्यो ? कसले किन्यो ? दुधको दूध,पानीको पानी निस्कन्छ कि धितोपत्र बोर्डले छानबिन गरोस् AHPC काण्ड,अन्यथा यसको बिरुद्ध म आवाज उठाउछु, आफँलाई पक्रेर कहाँ लैजाने हो लैजान बोर्डलाई चुनौति दिएकाछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्