Skip to content
LAXMI SUNRISE BANK

काकाको कडा खुलासा : ‘धितोपत्र बोर्डले गम्भीर ‘अपराध’ गर्यो, मोलमोलाईमा एफपीओको प्रिमियम तोकियो…’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड यस्तै निरीह हुने हो भने आउँदो बियारिस बजारमा दर्जनौं लगानीकर्ताले आत्महत्या गर्नसक्नेतर्फ धितोपत्र बोर्ड सचेत हुनुपर्ने बताउनुभएको छ । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले यस्तो बताउनुभएको हो । गत बियारिस बजारमा पनि २ लगानीकर्ताहरुले आत्महत्या गरेको सम्झदै उहाँले धितोपत्र बोर्ड यसतर्फ सचेत हुनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन निकै राम्रो भएको बताउँदै उहाँले धितोपत्र बोर्डले पनि राष्ट्र बैंकबाट केहि सिक्नुपर्ने बताउनुभएको छ । बैंकले ताला लगाउनुपर्ने कम्पनीलाई धितोपत्र बोर्डले संरक्षण गरेको आरोप लगाउँदै उहाँले धितोपत्र बोर्ड ठुलाहरुका लागि मात्र भएको आरोपसमेत दोहोर्याउनुभएको छ ।
नेपालमा रहेका नवप्रवेशी लगानीकर्ताहरुमध्ये धेरैलाई सेयर बजारसम्बन्धि उचित ज्ञानको कम भएको बताउँ दै उहाँले ठुला लगानीकर्ताहरुले यसको फाइदा उठाईरहेको बताउनुभएको छ । हेर्नुहोस् काकासँग गरिएको यो विशेष कुराकानी:
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK