
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । निषेधाज्ञाका समयमा पनि भिडभाड बढेको कारण कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको हो । उक्त तरकारी तथा फलफूल बजारमा तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
उक्त तरकारी तथा फलफूल बजार बिहान १ बजेदेखि ९ बजेसम्म खुल्ला हुँदै आएको छ । बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका रबिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने भएको छ ।
तरकारी लिन जाने गाडी बिहान ८ बजेभित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि समितिले जानकारी दिएको छ । थोक बजारमा अहिले झण्डै ४०० जना व्यापारीले व्यापार गर्दै आएका छन् । निषेधाज्ञा हुनु अगाडि दैनिक ९०० टनसम्म तरकारी आउने गरेकोमा अहिले दैनिक साढे ५०० टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्