
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । संक्रमणकाबीच पनि भिडभाड बढेपछि कालिमाटी फलफूल तथा तरकारी बजारको खुद्रा कारोबार बन्द गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमनपछि निषेधाज्ञा अवधिभरलाई फलफूल तथा तरकारीकोखुद्रा कारोबार बन्द गरिएको हो ।
बजार विकास समितिका अनुसार मानिसहरुको भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको हो । थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहनेछ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन ¥यार्क/होल्डिङ/यार्कमा कारोबार गर्न निर्देशन दिसकेको छ ।
गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्