×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञालाई क्रमश: कडा बनाईँदै, आवश्यकता बिना हिडेका व्यक्तिहरुलाई प्रहरीले होल्ड गरायो ! (भिडियो रिपोर्ट)

PRIME CA

निषेधाज्ञालाई क्रमश: कडा बनाईँदै, आवश्यकता बिना हिडेका व्यक्तिहरुलाई प्रहरीले होल्ड गरायो ! (भिडियो रिपोर्ट)

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाइएको आज चौथो दिन । सरकारले निषेधाज्ञालाई क्रमसः कडा बनाउदै लागेको छ । काठमाडौँ उपत्यकाको हरेक हरेक मुख्य चोकहरुमा प्रहरी तैनाथी र चेकजाँच कडाइका साथ गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शनिवार बसेको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा कडाई गरेसँगै प्रहरीले सवारीसाधन र व्यक्तिहरुलाई होल्डिंगमा राख्न थालेको छ ।
आधिकारिक पास बिना सवारी साधन चलाउने र उद्देश्य र आवश्यकता बिना हिडेका व्यक्तिहरुलाई प्रहरीले होल्डिंगमा राखेको हो । निषेधाज्ञा लागु गरिएपनि अत्याबश्यक सेवा र बैंक तथा बित्तिय संस्थाका सवारी साधन अन्य सरकारी तथा निजि क्षेत्रका कर्मचारीको आवागमनले सडकमा चाप घटेको थिएन । निषेधाज्ञालाई थप कडाइ गर्दा पत्रकारहरु भने मारमा परेका छन् ।
सडकमा सवारी साधन सहित हिड्ने सबैलाई सूचना विभागले जारि गरेको प्रेसपास अनिवार्य गरिएको छ । समाचार संकलनमा हिड्ने पत्रकारबाहेक कार्यालय भित्र बसेर काम गर्ने प्राविधिक अप्राविधिक कर्मचारी सँग सूचना विभागको कार्ड नहुने कारण समस्या परेको हो । यसअघि पत्रकारहरुले सम्बन्धित प्रकाशन गृहको कार्डमा आवतजावत गर्न पाएका थिए । गत बिहीबार १६ गते देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरि सकेको छ । यस्तै देशका प्रमुख शहरमा कोरोना संक्रमण बढे सँगै निषेधाज्ञा लगाउने क्रम जारि छ ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबार (आज)देखि लागू हुदैछ। मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: