Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मोवाइल बैंकिङ सेवा सुरु, सदस्यहरुले तत्कालै घरबाटै सेवा लिन सक्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार विधिवत रुपमा मोवाइल बैंकिङ सेवा सुचारु गरेको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले आफ्नो मोवाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरि रजिष्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएको हो । कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा आफ्ना ग्राहक सदस्यहरुलाई आर्थिक कारोवार गर्न सहज होस् भन्ने उद्देश्यले सेवा सुचारु गरिएको संस्थाका अध्यक्ष बोहराले बताएका छन् ।
आइतबारबाट सदस्यहरुले मोवाइल बैंकिङमार्फत आफ्नो स्टेटमेन्ट हेर्ने, मोवाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बिल भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको बिल भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्ने लगायत दुई दर्जन भन्दा बढि सेवाहरु घरमा बसेर नै लिन सकिने संस्थाका सहायक कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी दिएका छन् ।
इन्फो डेभलपर्स संगको सहकार्यमा तयार पारिएको मोवाइल बैंकिङ सेवा सरल तथा ग्रामिण क्षेत्रका न्युन साक्षर भएका सदस्यहरुले पनि सहजै चलाउन सकिने तरिकाले बनाइएको संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले बताए । आगामी दिनमा स्पट बैंकिङ तथा अन्य लघुवित्त मैत्री तरिकाले सेवा अद्यावधिक गर्नै लैजाने र वर्तमान अवस्थामा मिर्मिरेले सेवा सुचारु गरेर ठूलो फड्को मारेको इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए । सदस्यहरुले एन्ड्रोइड फोनमा गुगलको प्ले स्टोर तथा आइ फोनमा एप स्टोर बाट मिर्मिरे स्मार्ट एप टाइप गरि उक्त एप्लीकेशन डाउनलोड गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK