
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सवारीसाधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ। यसरी खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्। ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेवापत किस्ता भुक्तानी खल्ती मार्फत गर्दा यस खल्ती इएमआइ बचत अभियानमा सहभागी हुन पाउने छन्।खल्तीको यस्तो सुविधाले सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज भएको छ र साथै नगद जित्ने अवसर समेत पनि पाएका छन् ।
यस योजनामा सहभागी हुन चाहने ग्राहकले मोवाइलमा ग्राहक पहिचान (केवाइसी) भेरिफाइ गरेको हुनुपर्छ।यो योजना मे २ देखि जुन १, २०२१ सम्म लागू हनेछ । खल्तीबाट सवारी साधन ऋणको किस्ता तिर्न खल्तीको होमस्क्रनमा रहेको इएमआइमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सवारी साधनको ऋण प्रदायक कम्पनी छनौट गरी सजिलै भुक्तानी गर्न सकिन्छ । ग्राहकले सवारी साधनको किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेको बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने छन् ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लस बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्