
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ । पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोश्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो । सबै वडामा खोप केन्द्र स्थापना हुनेभएपछि भीडभाड कम हुनुको साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधरण नागरिकले पनि खोप लगाउनकै लागि हिडेर टाढा जानुनपर्ने भएको छ ।
काठमाण्डौ महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको निर्णय अनुसार भेरोसेलको दोश्रो डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले २०७७ चैत २५ गते देखि २०७८ बैशाख १५ गतेसम्म १८ बर्षदेखि ५९ बर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोश्रो डोजका जेठ २ गते देखि काठमाण्डौको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । काठमाण्डौ महानगरपालिका भित्र भेरोसेल खोपको पहिलो डोज लगाएकाहरु १ लाख २५ हजार भएपनि टोखा र बुढानिलकण्ठ नगरपालिकाको पनि आउन सक्ने संभावनालाई मध्यनजर गरि १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ बैशाख २२ गतेको निर्णय अनुसार काठमाण्डौमा २०७७ चैत २५ गते देखि २०७८ बैशाख १५ गते सम्म १८ बर्ष देखि ५९ बर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोश्रो डोजका लागि २०७८ जेठ २ गते देखि काठमाण्डौको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छौ । जनस्वास्थयका मापदण्ड पुरा गरेर दोश्रो डोजको खोप सञ्चालनका लागि तयारी भईरहेको छ । काठमाण्डौ महानगरपालिका भित्र १ लाख २५ हजार जतिको तथ्यांक आएको छ । टोखा र बुढानिलकण्ठको पनि गरेर १ लाख ५० हजारलाई लगाउने गरि तयारी गरिएको छ । हामी आएकालाई फर्काउदैनौ । सबैलाई लगाईदिन्छौ ।” काठमाण्डौ उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्