×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अबदेखि किराना पसल पनि खोल्न नपाइने ! भयो यस्तो निर्णय

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय गरेको छ  । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो  ।
अबको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको छ ।  यस्तै सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: