
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कोरोना माहामारीका बेलामा कैलालीमा किसान बहुउद्धेशिय सहकारी संस्थाद्धारा किसान अक्सिजन बैंक स्थापना गरिएको छ । संस्थाले सूरुवातमा ४० वटा सिलिण्डर सहित किसान अक्सिजन बैंक सञ्चालन गरेको हो ।
कोरोनाको दोस्रो लहर सूरु भएसँगै अक्सिजनको अभाव हुँदै गएकोले सामाजिक उत्तरदायित्व कायम राख्दै अक्सिजन बैंकको स्थापना गर्न लागेको संस्थाका प्रोजेक्ट मेनेजर दिपकराज ढुंगानाले बताए । उनले भने, यो माहामारीको समयमा देशैभरी उत्पन्न भएको विकराल परिस्थितिको सामना गर्नका लागि यो हाम्रो पहल मात्रै हो । त्यस्तै संस्थाले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै संक्रमितहरुमा शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
कैलालीमा कोरोना संक्रमितको दर दैनिक रुपमा वृद्धी भईरहेको र अवस्था जटिल बन्दै गएको बताउँदै संस्थाका प्रोजेक्ट मेनेजर ढुंगानाले संस्थाको तर्फबाट अभियान थालेको बताए । उनले भने, अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनि यो अभियान थालिएको हो । त्यस्तै ढुंगानाले आफुहरुको उक्त अभियानमा सबैलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।
कोरोनाको विषम परिस्थितिको सामना गर्न संस्थाले स्थापना गरेको अक्सिजन बैंकलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाले किसान बहुउद्देश्यीय सहकारी संस्थाको ग्लोबल आइएमई बैंक लम्की शाखामा रहेको खाता नं २००१०१०००००७३ मा सहयोग गर्न सकिनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्