×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार, आइसियूबाट वार्डमा सारियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार, आइसियूबाट वार्डमा सारियो

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको छ । कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । 
उहाँको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: