×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिडरशिपको कमाल ! फेरि पनि केपी ओलीनै प्रधानमन्त्री, प्रचण्डको राजनीति ‘लगभग सकियो’, काँग्रेस पनि ‘जिल्लाराम’ !

LAXMI SUNSIRE
GLOBAL IME BANK

लिडरशिपको कमाल ! फेरि पनि केपी ओलीनै प्रधानमन्त्री, प्रचण्डको राजनीति ‘लगभग सकियो’, काँग्रेस पनि ‘जिल्लाराम’ !

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली राजनीतिले ‘मिठो युटर्न’ मारेको छ । प्रधानमन्त्री ओलीले माधव नेपाललाई मनाउन सफल भएपछी अन्तत : अर्को सरकार बनाउने काँग्रेस र माओवादीको ‘रहर’ पूरा नहुने भएको छ । अब संविधानको धारा ७६ (३) अनुसार ओली नै ठूलो दलको नेताको हैसियतले फेरि प्रधानमन्‍त्रीमा नियुक्त हुने भएका छन् ।
सत्तारुढ एमालेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने निर्णय र जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कदमपछि ओलीले ऐतिहासिक जित हात पारेका हुन्।
प्रधानमन्‍त्रीले ओलीले विश्‍वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्म संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकारको लागि आधारसहित दाबी पेस गर्न दलहरूलाई आव्हान गरेकी थिइन्।
यता माओवादी नेता प्रचण्डले माधव नेपालले आफुलाई धोका दिएको प्रतिक्रिया दिएका छन् ।
ओलीको यो जितसंगै उनको राजनीति लगभग सकिएको विश्लेषण धेरैले गरेका छन् ।
अव ओलीले जसरी चाह्यो नेपालको राजनीति त्यसरि नै अगाडी बढ्ने निश्चित भएको छ ।
अव उनकै नेतृत्वको सरकारले चुनाव गर्ने छ जहाँ माओवादीको केहि सिट पनि आउने कि नआउने भन्ने शंका उब्जिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी