×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘सबै जनतालाई पुग्ने गरी कोरोनाको खोप ल्याउन सरकार प्रयासरत छ’ : प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमणविरुद्धको खोप उपलब्ध गराउने विषयमा सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गर्नुभएको छ । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उहाँले नेपाली नागरिक सबैलाई पुग्ने गरि कोभिड १९विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको उल्लेख गर्दे सहयोग गर्न आग्रह गर्नुभएको हो । अनुदानमा नभए किनेर भएपनि खोप ल्याउन सरकार तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न उहाँले सबै खोप उत्पादक राष्टहरुलाई आग्रह गर्नुभयो । झण्डै २ करोडलाई खोप दिनुपर्ने भएकाले ठूलो परिमाणमा खोप आवश्यक रहेको भन्दै उहाँले सोही अनुपातमा खोप उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
उहाँले कोभिड नियन्त्रणका नेपालको प्रयासमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि र विश्व बैकका क्षेत्रिय निर्देशक लगायत विभिन्न दुतावासहरुको सकारात्मक सहयोग रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई धन्यवाद दिनुभयो । भारतपछि दक्षिण एशियामा खोप सुरु गर्ने दोश्रो मुलुक नेपाल भएको भन्दै उहाँले छिमेकीहरुको सहयोगका कारण खोप सुरु गरेपनि पछि विभिन्न कारणहरुले खोप उत्पादक कम्पनि र देशहरुले दिन नसकेका कारण खोपको सहज उपलब्धता नभएका कारण तिब्रताका साथ खोप कार्यक्रमलाई अगाडि बढाउन नसकेको बताउनुभयो । उहाँले सरकारको विरोध गर्नेहरुले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति तोक्ने निर्णयलाई असंबैधानिक भयो भनेर विरोध गरिरहेको उल्लेख गर्नुभयो ।
सरकारका विरोधीहरुले सरकारका अन्य कतिपय कुराहरुलाई पनि राजनीतिका विषय बनाएर आलोचना गर्ने काम भएको र सरकारले जारी गरेका अध्यादेशहरुको सम्बन्धमा पनि विरोध भईरहेकोबारे आफु जानकार रहेको बताउनुभयो । उहाँले विपक्षीहरुले कोभिड १९ को दोश्रो लहरलाई राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम बनाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘कोभिड १९महामारीको यो दोश्रो लहर राजनीतिक हिसावले अदालतलाई दवाव दिने प्रयोजनका लागि पनि र जनदवाव श्रृजना गरेर न्याय निरुपणलाई प्रभावित गर्ने उद्देश्यले न्याय अथवा थ्रेट खडा गर्ने हिसावले पनि यी विषयहरु उठे र उठाईए । जसले गर्दा सामाजिक दुरी कामय राख्नेकुराहरुमा कमि आयो । आस्थागत कारणले पनि धार्मिक जात्रा जस्ता कुराहरुमा भीडभाड गर्ने पर्ने कुराहरुले पनि सजिलोसंग संक्रमण फैलियो ।’ हेर्नुहोस् भिडियोः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal