×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० दिन भित्रमा विश्वासको मत लिने गरी प्रधानमन्त्री ओलीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

३० दिन भित्रमा विश्वासको मत लिने गरी प्रधानमन्त्री ओलीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ (भिडियो)

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिनुभएको छ । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिनुभएको हो । शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि दलहरुलाई उपलब्ध गराएको समयमा कुनै पनि दलको दाबी नपरेपछि राष्ट्र««पतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा रहेका राजनीतिक दलहरु मध्येबाट सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि गत २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा पेस गर्नुभएको विश्वासका मत फेल भएपछि सोही दिन राष्ट्रपतिले बैशाख ३० गते राती ९ बजे भित्र संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि आव्हान गर्नुभएको थियो । सो अवधिमा दलहरुको दाबी नपरेपछि राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । अब ओलीले ३० दिन भित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने छ ।
यसैबीच प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीमण्डलाई निरन्तरता दिनुभएको छ । आजै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सिफारिस: