×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१ अर्ब २० करोड २० लाखको लागतमा सिरहा खण्डको कालोपत्र सुरु, ३ वर्षभित्र निमार्ण सकिने

लहान । नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्र सुरु गरिएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र शुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्र सकिएको सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनिका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिनुभयो । अन्य सडकखण्डमा समेत तीव्र रुपमा कालोपत्र भइरहेको जनाइएको छ ।
दुई लेनको उक्त सडक कालोपत्र गर्न १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको कम्पनीका म्यानेजर यादवले बताउनुभयो । मधेशकै लाइफलाइनका रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम सुरु भएपछि सो भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सृजना हुने स्थानीयवासीको विश्वास छ ।
हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ । यस्तै पूर्वराजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्र गरिसकिएको निर्माण कम्पनि रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताउनुभयो ।
करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई/दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवको कथन छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: