×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कडा लकडाउनकाबीच यसरी गरियो मछिन्द्रनाथको रथ यात्रा, १० तस्विरमा हेर्नुहोस्…(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

कडा लकडाउनकाबीच यसरी गरियो मछिन्द्रनाथको रथ यात्रा, १० तस्विरमा हेर्नुहोस्…(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुरमा आज शनिबार सांकेतिक रुपमा रातो मछिन्द्रनाथको रथ यात्रा सम्पन्न हुने भएको छ । कोरोनाको दोश्रो लहरको संक्रमण कायमै रहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै दिउँसो करिब साढे २ बजेबाट रथयात्रा सुरु हुनेछ । गत वर्ष झै पुल्चोकमा हाल रथ रहेको स्थानबाट मण्डफल्चा (सोह्रखुट्टे पाटी) सम्म सांकेतिक रुपमा रथ तानेर यस वर्षको रथ यात्रा टुंग्याउने तयारी गरिएको छ । 
करिब २५ मिटर रथ तानेर यस वर्षको रथ यात्रा सम्पन्न हुनेछ । ललितपुर जिल्ला प्रशासन कार्यालयले रथ रहेको स्थान वरिपरि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाएको छ भने सो क्षेत्रमा भित्र पनि निषेधाज्ञा जारी गरेको छ । गत वर्ष पनि लकडाउकैबीच रथ तानिएको थियो । स्थानीयले मनोमानी ढंगले रथ तानेको भन्दै प्रहरी र स्थानीयबिच झडपसमेत भएको थियो ।
त्यसपछि नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो । यसपटक पनि पहिला झै पाटीसम्म तानेर रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिनेछ । यस पटक रथ तान्नेहरुकोको पीसीआर परीक्षण गरिएको छ भने स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ। बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: