×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश सरकारको लगानीमा ८९ वटा विकास निर्माणका आयोजना धमाधम हुँदै, रोकिएन निषेधाज्ञाको अवधिमा पनि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रदेश सरकारको लगानीमा ८९ वटा विकास निर्माणका आयोजना धमाधम हुँदै, रोकिएन निषेधाज्ञाको अवधिमा पनि

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ । जिल्लामा प्रदेश सरकारको लगानीका ८९ वटा विभिन्न योजना निर्माणाधिन छन् । निषेधाज्ञा र कोरोना सङ्क्रमणबीच समेत यी योजनाको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख इञ्जीनियर सुमन गिरीका अनुसार जिल्लामा निषेधाज्ञाको अवधिमा समेत विकास निर्माणका काम तीव्रताका साथ अघि बढिरहेको छ । साना योजनाका लागि आवश्यक पर्ने केही निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले आंशिक साना-साना केही योजना प्रभावित भए पनि ठूलाठूला योजनाको काम धमाधम भइरहेको उहाँको भनाइ छ ।
कार्यालयका अनुसार प्रदेश सरकारको लगानीमा यस कार्यालयमार्फत करिब १०० योजनामध्ये ८९ वटा योजनामा काम भइरहेको छ । ठूला योजना निर्माण क्षेत्रमै कामदार राखेर र आवश्यक निर्माण सामग्रीसमेत पर्याप्त रहेकाले यी योजनामा काम गर्न कुनै समस्या नभएको पूर्वधार विकास कार्यालयले जनाएको छ । स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सोहीअनुसार बहुवर्षे योजनाको काम तीव्रगतिमा काम भइरहेको कार्यालय प्रमुख इञ्जीनियर गिरीले बताउनुभयो । ती योजनामध्ये एक निर्वाचन क्षेत्र सकडअन्तर्गत दुईवटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘क’ अन्तर्गत दुईवटा सडकको काम भइरहेको छ ।
प्रादेशिक सडक ‘ख’ अन्तर्गत आठवटा सडक, स्थानीय तह जोड्ने दुईवटा सडक धमाधम निर्माण भइरहेको छ । त्यस्तै ११ वटा झोलुङ्गे पुल निर्माणाधीन रहेको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १० वटा सडक पुल, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ‘क’ मा २५ र ‘ख’ मा २२ वटा योजनाको काम भइरहेको छ ।त्यस्तै ११ वटा भवन निर्माण भइरहेको छ । कार्यालय प्रमुख गिरीले भन्नुभयो, ‘कार्यालयबाट केही बहुवर्षे, कुनै केही वर्षमा र कुनै एक वर्षमै सकिने योजना छन् । यीमध्ये केही योजना निर्माण कम्पनीमार्फत र केही उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।’ उहाँका अनुसार यस चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकसम्म कार्यालयको वित्तीय प्रगति ४७ प्रतिशत भएको छ ।
त्यस्तै ८४ करोड ७८ लाख ९६ हजार विनियोजित बजेटमा ४० करोड १ लाख १ हजार खर्च भएको उक्त कार्यालयले जनाएको छ । पूँजीगत बजेटको ४७ प्रतिशत वित्तीय प्रगति भएको छ भने चालुतर्फ ३५ प्रतिशत प्रगति बताइएको छ । त्यस्तै पूँजीगततर्फ ८३ करोड २६ लाख ७९ हजार बजेट विनियोजन भएकामा ३९ करोड ४८ लाख २५ हजार बजेट खर्च भएको छ । चालुतर्फ १ करोड ५२ लाख १७ हजार बजेट विनियोजन भएकामा ५३ लाख तीन हजार बजेट खर्च भएको कार्यालय प्रमुख गिरीको भनाइ छ । कार्यालय प्रमुख गिरीले भन्नुभयो, ‘विकास निर्माणका कार्य धमाधम भइरहेको छ । सरकारले सामग्री ढुवानी गर्ने वातावरण बनाएमा निर्माण रोकिने छैन ।’ तर निर्माण सामग्री ढुवानीमा समस्या भने केही समयपछि प्रभावित हुनसक्नेसमेत उहाँको भनाइ छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: