
लमजुङ । लमजुङ जिल्लामा अबदेखि हप्ताको दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टा मात्र बैंक खुल्ने भएको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनुका साथै सङ्क्रमण फैलिन थालेको भन्दै आगामी बिहीबारदेखि लागू हुने भएको हो ।
विश्व महामारीका रूपमा फैलिरहेको नयाँ भेरिएन्टसहितको कोभिड-१९ सङ्क्रमण हालका दिनमा तीव्ररूपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लमजुङमा हुनसक्ने सङ्क्रमणलाई रोक्न जिल्लामा दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टामात्रै बैंक खोल्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।
हालसम्म ५६७ कोरोना सङ्क्रमित रहेका छन् । त्यस्तै आठ जनाको मृत्यु भइसकेको बताइएको छ । निषेधाज्ञामा अनावश्यक हिँड्डुल गर्नेलाई यही सोमबारदेखि प्रहरीले नियत्रन्त्रमा लिँदै पहिलोपटक सम्झाइबुझाइ छाडिदिने गरेको प्रजिअ शर्माले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्