×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्यमा गिरावट, निफ्रामा सबैभन्दा धेरै लगानी

SAGARMATHA CEMENTS

काठमाडौं । लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । फन्डको न्याभ १९ पैसाले घटेर १५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । चैतमा यसको न्याभ १५ रुपैयाँ ५४ पैसा थियो । यस्तै वैशाख मसान्तसम्म आइपुग्दा लक्ष्मी इक्विटी फन्डले सेयर बजारमा ८७ करोड १९ लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ ।

सूचीकृत कम्पनीको सेयरमा लगानी अघिल्लो महिनाको भन्दा ११ करोड ३० लाख २२ हजार रुपैयाँले थोरै हो । चैत महिनामा यसले सेयर बजारमा ९८ करोड ४९ लाख ६२ हजार रुपैयाँ लगानी गरेको थियो । बैंक मौज्दात भने ९ करोड ८० लाख ९५ हजार रुपैयाँले बढेर ८९ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
फन्डले सबैभन्दा धेरै लगानी नेपाल इन्फास्ट्रक्चर बैंकको सेयरमा गरेको छ । बैंकको २ लाख ३८ हजार ९०९ कित्ता सेयरमा १२ करोड ६८ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal