×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लायन्स क्लब ईन्टरनेशनलद्धारा स्वास्थ्य संस्थालाई ३५ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लायन्स क्लब ईन्टरनेशनलद्धारा स्वास्थ्य संस्थालाई ३५ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

७ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टु एरिया नं.३ कोभिड दोस्रो लहरसँगै यस विरुद्धको अभियानमा जुट्दै आएको छ । क्लबले ३५ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी विभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । हालसम्म यस अभियानका लागि ५२ लाख जुटिसकेको छ । क्लबले शुक्रबार जिल्लाका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले भरतपुर अस्पताललाई दुई थान र विपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई एक थान अक्सिजन हाइफ्लो मेसिन र बकुलहर रत्ननगर अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । ती सामग्री क्लबका ईलेक्ट गभर्नर रामप्रसाद भट्टको नेतृत्वको टोलीले तीन वटै अस्पतालमा पुगेर हस्तान्तरण गरेको हो ।भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा गभर्नर भट्टले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
यसैगरी क्लबको सोही टिमले क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपनिर्देशक डा.कृष्णसागर शर्मालाई सामग्री हस्तान्तरण गरेको छ । यस्तै बकुलहरमा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य र डा.निश्चल मास्केलाई सामग्री हस्तान्तरण गरेको छ । गभर्नर भट्टले बेलायतबाट भरतकुमार श्रेष्ठको नेतृत्वमा १४ लाख ३३ हजार ७३० र अमेरिकाबाट सुप्रिया श्रेष्ठको नेतृत्वमा ७ लाख ४४ हजार ७३९ गरी २१ लाख ७८ हजार ४६६ लायन्सलाई सहयोग प्राप्त भएको जानकारी दिनुभयो । अन्य रकम क्लब र लायन्सबाट सङ्कलन गरिएको हो ।
क्लबले सिद्धार्थलाल चुकेको नेतृत्वमा कोभिड प्रोटेक्सन डिष्ट्रिक कोर्डिनेटर समिति निर्माण गरी सहयोग सङ्कलन र सामग्री खरिद गरी वितरण गर्दै आएको छ । क्लब तथा लायन्सहरुबाट कोभिड अभियान जारी छ । यस अघि १८ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी भरतपुर, क्यान्सर र मध्यविन्दु अस्पताल कावासोतीलाई उपलब्ध गराईसकिएको छ । यस्तै इच्छाकामना गाउँपालिकालाई मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।
लायन्सले कालिबाहादुर गण भरतपुरलाई एक महिनाका लागि शववाहनसमेत उपलब्ध गराईसकेको छ । उक्त शव वाहनमा शव निःशुल्क गन्तव्यमा पुर्याईदै आएको छ । कोर्डिनेटर चुकेका अनुसार सङकलित र सङकलन भईरहेको रकमबाट अन्य अस्पताललाई आवश्यकताअनुसार सहयोग गरिने छ । कोरोनाको पहिलो लहरमा पनि यहाँका लायन्सहरुले ठूलो सहयोग पुर्याएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारीले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: