×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई धमाधम कारवाही गर्दै प्रहरी (भिडियो रिपोर्ट)

PRIME CA

निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्ति र सवारीसाधनलाई धमाधम कारवाही गर्दै प्रहरी (भिडियो रिपोर्ट)

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा विहिबार निषेधाज्ञा उलंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रति व्यक्ति १ सय रुपैया जरिवाना लिईएको हो । संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार, विहिबार काठमाण्डौ उपत्यकामा मात्रै निषेधाज्ञा उल्लंघन गर्ने १ सय बढीलाई जनही १ सय रुपैयाका दरले जरिवाना गरिएको छ । त्यसैगरी, ६ सय ४९ जना पुरुष र २ सय २३ जना महिलालाई होल्डिङमा राखिएको छ । निषेधाज्ञा उलंघन गर्ने २ सय ७० चार पाङग्रे सवारीसाधन र ६ सय ९८ दुई पाङग्रे सवारीसाधन लाई पनि होल्डिङमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।प्रहरीले १६ गतेदेखि आज २३ गतेसम्म निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ६४ पुरुष र २ हजार ९ सय ३८ जना महिला तथा ४ हजार २ सय ३१ चार पाङग्रे सवारीसाधन लाई होल्डिङमा राखिएको जनाएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको गत मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गर्दै २९ गते सम्मका लागि लम्ब्याएको थियो । यसअघि बैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि बैठकले निषेधाज्ञाको समय बढाएको थियो । निषेधाज्ञामा उलंघन गर्ने क्रम बढेपछि दोश्रो चरणको निषेधाज्ञा सुरु भएकै दिन विहिबार त्यस्ता व्यक्तिबाट जरिवाना लिन सुरु गरिएको हो । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पुर्ण पालना गर्न सबैमा अपिल गर्दै गर्दा निषेधाज्ञा उंलघन हुने क्रम पनि नरोकिएपछि जरिवाना गरिएको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: