×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब विकास निर्माणका काम पनि बन्द, उपत्यकामा निषेधाज्ञालाई थप कडाई गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब विकास निर्माणका काम पनि बन्द, उपत्यकामा निषेधाज्ञालाई थप कडाई गरिने

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएसँगै विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्नुका साथै राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको हो । 
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र सो किसिमका कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ । संक्रमण डर झन् बढ्दै गएपछि निषेधाज्ञालाइ थप कडाई गरिने भएको छ। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी