×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः लुम्बिनीमा मनाए २५६५औं बुद्धजयन्ती, श्रीमान्सँग कुरा गर्न घरको छानोमा गएर नेटवर्क खोज्दै महिला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथाः लुम्बिनीमा मनाए २५६५औं बुद्धजयन्ती, श्रीमान्सँग कुरा गर्न घरको छानोमा गएर नेटवर्क खोज्दै महिला

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले २५६५औं बुद्धजयन्ती तथा वैशाख पूर्णिमा एवं लुम्बिनी दिवसको दिन आयोजित कार्यक्रमका सहभागी भएका भिक्षुदेखि महिना दिनदेखि अवरुद्ध भएको नेपाल टेलिकमको टावर नआएपछि घरको छानोमा गएर नेटवर्क खोज्दै गरेकी महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
लुम्बिनीमा आयोजित २५६५ औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमा एवं लुम्बिनी दिवसको दिन आयोजित कार्यक्रमका सहभागी भिक्षु ।
महिना दिनदेखि अवरुद्ध भएको नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा कुशे गाउँपालिका–५ ढिमेकी इश्वारी मल्ल थापा बिरामी श्रीमान्सँग कुरा गर्न घरको छानोमा गएर नेटवर्क खोज्दै । अग्लो ठाउँबाट मोबाइलमा नेटवर्क आउने आशले घरको छानोमा गइएको हो ।
लुम्बिनीमा आयोजित २५६५औं बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा खीर दान गर्दै अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीर, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सदस्य सचिव सानुराजा शाक्यलगायत ।
पाल्पाको रम्भा गाउँपालिका-१ स्थित सघाहका कृषक ऋषिराम अर्यालले लगाउनुभएको सूर्यमुखी फूल ढकमक्क फुल्दै । यस क्षेत्रका कृषक हिजोआज सूर्यमुखी फूलतर्फ आकर्षित बनेका छन् ।
निषेधाज्ञाका कारण सुनसान सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली पुलको आसपास क्षेत्र ।
नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गअन्तर्गत टेम्के डाँडामा निर्माण गरिएको किराँत राईहरुको संस्कृति झल्कने चिण्डो आकारको पोखरी । प्रदेश-१ सरकार, स्वीस सरकार र स्थानीय पालिकाहरुको संयुक्त लगानीमा यो पदमार्ग निर्माण भइरहेको छ ।
म्याग्दीको मालिका गाउँपालिका-७ स्थित बिमको बाइन्दाफाँट नजिकै रहेको सुन्दर बराहा ताल । ताललाई स्थानीय बासिन्दाले सहकालको प्रतीकका रुपमा मानेर पूजाआजा गर्दै आएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकालाई करुणा फाउण्डेशनले सहयोग गरेको अक्सिजन कन्सन्ट्रेटर । उक्त संस्थाले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको छ ।
लमजुङ दोर्दी गाउँपालिका-४ स्थित गैरी आमा समूहको भवन निर्माणका लागि श्रमदानस्वरुप गिट्टी कुड्दै यहाँका स्थानीय महिला । यस आमा समूहले अनुमानित रु २० लाखमा दुईतल्ले भवन निर्माण गर्न लागेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: