
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन् । यी दुइ बैंकले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हुन् ।
माछापुच्छ्रेले ३ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस्तै लक्ष्मीले पनि २ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । अब बोर्डले अनुमति दिएपछि ऋणपत्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्