×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको दादागिरी : राष्ट्र बैंकको निर्देशन अटेर गर्दै ऋणीमाथि ‘घनघोर’ अत्याचार, अब के हुन्छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको दादागिरी : राष्ट्र बैंकको निर्देशन अटेर गर्दै ऋणीमाथि ‘घनघोर’ अत्याचार, अब के हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुमाथि दादागिरी पन देखाएको छ । बैंक नियमनक राष्ट्र बैंककोसमेत निर्देशनलाई अटेर गरी ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेर ऋणीमाथि दादागिरी पन देखाएको हो । 
राष्ट्र बैंकले मंगलबार मात्रै ऋणीबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । तर महालक्ष्मीले सो निर्देशन विपरित बुधबार अर्थात २४ घटना पनि नबित्दै लिलामीको सूचना निकालेको छ । यसो त राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञा सकिएको एक महिनासम्म पनि ऋण असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी नगर्न भनेको थियो । 
बैंकले विजनेश टर्म र बिजनेस ओडी ऋण लिएको हेटौंडाको एमएसबी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र गिता पश्मिना उद्योग सञ्चालकहरुको फोटोसमेत टासेर लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना निकालेको छ । घर जग्गा लिलामीमा सहभागी हुन सिलबन्दी बोलपत्रसमेत बैंकले आह्वान गरेको छ । 
महालक्ष्मीले बुधबार नै करिब २ दर्जनको फोटोसहितको विवरण टासेर कर्जा चुक्ता गर्न ३५ दिने सूचनासमेत निकालेको छ । यति मात्रै होइन बैंकले समयसीमा भित्र चुक्ता नगरे धितो लिलाम हुने चेतावनीसमेत दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: