
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदले डोलेश्वर रिसोर्टमा ७७६३१ रुपैयाँको मेजमानी खाएर ‘पोलिटिकल डिल’ मिलेको पाइएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका– ८ को सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा गत बिहिबार जसपाका सांसदले डोलेश्वर रिसोर्टमा ७७६३१ रुपैयाँको मेजमानी खाएर ‘पोलिटिकल डिल’ मिलेको पाइएको हो ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले रिसोर्टमा कुल ९० हजार ६१ रुपैयाँ खर्च गरेको पाइएको हो । विल अनुसार हल भाडा ११ हजार, चिया, कफी, जुस लगायतमा २४ हजार र लन्चको ४४ हजार ७ सय गरी ७९ हजार ७ सय रुपैयाँ खर्च भएको छ भने ट्याक्स र भ्याटसहित पार्टीले होटलमा कुल ९० हजार ६१ रुपैयाँ खर्च गरेको छ । उक्त खर्चको जनता समाजवादी पार्टीकै नाममा काटिएको छ
।
अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरु रिसोर्टमा सहभागी थिए । वहुमतिय सरकार गठनको प्रयास अन्तर्गत विपक्षी गठवन्धनको प्रभावबाट सुरक्षित राख्न सांसदहरुलाई एकै स्थानमा जम्मा गरिएको बताइएको छ। 

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्