
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास खुद नाफा ८५४.९१% ले बढाएर ४ करोड ३९ लाख ४५ हजार रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ४६ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ०२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा छ । यस्तै खुद ब्याज आम्दानी ६३.७२% ले बढेर १० करोड १४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड १९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष ६५ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनीले यो वर्ष ६ करोड १३ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जगेडा कोषमा ७ करोड ६० लाख ७९ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्